प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक पुरुष बेपत्ता भएका छन्।
- सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रहरी कार्यालय तनहुँले बेपत्ताको खोजीकार्य जारी राखेका छन्।
- जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले हालसम्म बेपत्ता व्यक्ति फेला नपरेको जानकारी दिए।
१ वैशाख, तनहुँ । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् ।
स्थानीय टिका मगर (ढल्के) भनेर चिनिने ती पुरुष नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनापछि सशस्त्र प्रहरी बल नेपालको टोली तत्कालै खोजीकार्यमा खटिएको छ । भानुस्थित सशस्त्र प्रहरीको टोलीले आज पनि निरन्तर खोजीकार्य गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार हालसम्म बेपत्ता व्यक्ति फेला परेका छैनन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4