+
+
Shares

कैलालीका किशोर एक सातादेखि बेपत्ता

कैलालीबाट पोखरा भ्रमणमा आएका शाही स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीस्थित कालीगण्डकी नदीमा १५ वर्षीय बखत शाही सातादेखि बेपत्ता छन्।
  • बखत शाही र १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्दा नदीले बगाएको थियो, न्यौपानेलाई सकुशल उद्धार गरिएको थियो।
  • सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र आफन्तजनको सक्रियतामा र्‍याफ्टिङ बोटको सहायताले खोजी जारी छ।

१८ कात्तिक, स्याङ्जा। स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका हुन्। उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।

कैलालीबाट साथीहरूसँगै पोखरा भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए। पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएको थियो। बग्दै गरेको अवस्थामा न्यौपानेलाई सकुशल उद्धार गरिएको थियो।

बुधबार बिहानदेखि कालीगण्डकी नदीमा बेपत्ता भएका शाहीको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन समूह स्याङ्जा, नेपाल प्रहरी तथा आफन्तजनको सक्रियतामा खोजी भइरहेको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिए।

सशस्त्र प्रहरी बलको तालिम प्राप्त समूहले ‘र्‍याफ्टिङ बोट’को सहायताले घटनास्थल तथा त्यसभन्दा तलका स्थानमा खोजी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?