+

मानसिक रूपले थाके धुर्मुस, प्राकृतिक उपचार खोज्दै

२०८२ कात्तिक  २८ गते १५:४२ २०८२ कात्तिक २८ गते १५:४२
मानसिक रूपले थाके धुर्मुस, प्राकृतिक उपचार खोज्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) मानसिक र शारीरिक थकानबाट पीडित छन् र प्राकृतिक उपचार लिइरहेका छन्।

चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) पछिल्लो समय मानसिक तथा शारीरिक थकानबाट पीडित भएका छन् । धुर्मुसकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले सामाजिक सञ्जालमा सेयर गरेको एउटा फोटोसहितको स्टाटसले यसबारे खुलासा गरेको छ । फोटोमा धुर्मुस एउटा म्याटमा सुतिरहेको अवस्थामा देखिएका छन्, जसमा प्राकृतिक उपचारको सन्दर्भ उल्लेख छ ।

कुञ्जनाले लेखेकी छिन् ‘सामुदायिक प्राकृतिक चिकित्सालय रजहर, नवलपरासीमा बिहानको उपचार लिँदै । शारीरिक अनि मानसिक दुवै रूपले धेरै नै गल्नुभएको छ तर हजुरहरूको मायाले उहाँ छिट्टै पहिलेकै सामान्य अवस्थामा फर्किनुहुनेछ भन्ने आशा जागेको छ ।’

यो स्टाटसले धुर्मुसको स्वास्थ्य अवस्थालाई व्यक्त गरेको छ । पछिल्लो केही समययता धुर्मुस आफैँले पनि खुलारूपमा भनेका छन्, उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका छन् । र, मानसिक रूपले निकै कमजोर महसुस गरिरहेका छन् । उनले पटक–पटक आफू उपचार खोज्दै हिँडिरहेको जस्तो अभिव्यक्ति पनि दिएका छन् ।

तनाव कारण : क्रिकेट रंगशाला निर्माणको विवाद

धुर्मुस–सुन्तली फाउण्डेसनले २०१९ मा घोषणा गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (भरतपुर) निर्माण अभियान देशव्यापी चर्चामा थियो । यो रंगशाला नेपालको खेलकुद विकासको प्रतीक बन्ने अपेक्षा थियो, तर निर्माण सुरु भएसँगै विवादहरू सुरु भए । सोचअनुसार सहयोग नजुट्नु, सरकारी सहयोगको अभाव, जस्ता कारणले क्रिकेट रंगशाला निर्माणको काम बीचैमा अलपत्र पर्‍यो ।

यही समस्या सल्टाउनका लागि हरेक दिन सिंहदरबार धाउनुपरेको गुनासो धुर्मुसको छ । उक्त रंगशाला धुर्मुस–सुन्तली फाउण्डेसनबाट सरकारले जिम्मा लिएको दुई वर्ष बितिसकेको छ । तर पनि त्यसको तनावले धुर्मुसलाई छाडेको छैन । यसको कारण हो उक्त रंगशाला निर्माणका क्रममा लागेको ऋण । रंगशाला निर्माणका लागि ल्याइएका सामानको १८ करोड बढी तिर्न बाँकी रहेको धुर्मुसले बताउँदै आएका छन् । उक्त रकम सरकारले तिर्ने सहमति भइसके पनि उनले पाउन सकेका छैनन् ।

धुर्मुसका भाइ कुमार कट्टेलले पनि हिजो फेसबुकमा एउटा भावुक पोस्ट गर्दै लेखेका थिए ‘रातदिन सिंहदरबारको बास । अनि अहिलेको दाइको अवस्था, देश बनाउनुपर्छ भन्ने युवाले पाएको प्रोत्साहन।’ कुमारको यो पोस्टले धुर्मुसको समर्पणलाई प्रश्न गर्दै सरकारी असहयोगको आलोचना गरेको छ । सम्भवतः यो रंगशाला विवाद नै धुर्मुसको मानसिक स्वास्थ्य बिगार्ने मुख्य कारण हो ।

रंगशालाको काम बीचमा छाडेपछि चौतर्फी आलोचना, आर्थिक बोझ र सामाजिक तनावले उनको स्वास्थ्यमा गम्भीर असर पारेको अनुमान गरिएको छ । धुर्मुसको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै हास्य कालाकार मनोज गजुरेलले लेखेका छन् ‘प्यारो भाइ सिताराम ‘धुर्मुस’ ! आरोह अवरोहहरू, घटना-दुर्घटनाहरू आउँछन्, जान्छन् तर जीवन सबैभन्दा मूल्यवान हो । शारीरिक र मानसिक थकानबाट उठ्ने आत्मविश्वास तिमीमा थियो, छ, र रहनुपर्दछ । सिघ्र स्वास्थ्यलाभको प्रार्थना ।’

त्यस्तै अर्का हास्यकालकार हिमेस पन्तले पनि धुर्मुसको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन् ‘देश बनाउछु भनेर एउटा मान्छे उठ्यो, हातमा कोदाली, मुटुमा सपना र आँखामा स्टेडियम । तर आज त्यही मान्छे उपचारको बेडमा छ, खुट्टाभरि पट्टी बाँधिएको छ । कसैले आफैंका लागि होइन, देशका लागि दौडिन खोज्यो तर बाटोमा साथ दिनुपर्ने नेताहरूले नै साथ हैन, ढुंगा हानिदिए ।’

राष्ट्रका लागि पसिना बगाउने मान्छेहरूको फोटो भने यही हालतमा देखिनु दु:खद् भएको उनले बताएका छन् । उनले थप लेखेका छन् ‘गेग वेल सुन दाइ, देशलाई तपाईं जस्ता मान्छे अझै धेरै चाहिन्छ ।’

उपचार धुर्मुस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

दुई डाक्टरको प्रेम, जब चारतारे होटलबाटै बिहे गर्नुपर्ने दबाब आयो

दुई डाक्टरको प्रेम, जब चारतारे होटलबाटै बिहे गर्नुपर्ने दबाब आयो

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुन्छौं धेरै चिनी

दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुन्छौं धेरै चिनी

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?