+

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

२०८२ फागुन  २९ गते १५:३४ २०८२ फागुन २९ गते १५:३४

यो हार्मोनले निद्रा मात्र ल्याउँदैन, शरीरको तापक्रम नियन्त्रण गर्छ, रक्तचाप घटाउँछ र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

Shares
मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पिनियल ग्रन्थी मस्तिष्कको बीच भागमा रहेको सानो ग्रन्थी हो जसले मेलाटोनिन हार्मोन उत्पादन गर्छ र जैविक घडी नियन्त्रण गर्छ।
  • मेलाटोनिन उत्पादन रातको अँध्यारोमा बढ्छ र उज्यालोमा घट्छ, जसले निद्रा, शरीरको तापक्रम र प्रतिरक्षा प्रणालीलाई प्रभाव पार्छ।
  • आधुनिक जीवनशैलीको निलो प्रकाशले मेलाटोनिन उत्पादन घटाउँछ र निद्राको गुणस्तर कम गर्छ, त्यसैले राति १० बजेपछि स्क्रिन बन्द गर्न सिफारिश गरिएको छ।

मस्तिष्कको ठीक बीच भागमा एउटा सानो मटरकोसाको दानाजस्तो ग्रन्थी छ । यसको आकार ज्यादै सानो छ, तर यसले रातको अँध्यारोसँगै तपाईंको निद्रा मात्र होइन ।

समग्र जीवनशैली, मानसिक शान्ति र चेतनाको गहिराइसम्म प्रभाव पार्छ । सो ग्रन्थीलाई ‘पिनियल ग्रन्थी’ भनिन्छ ।

विज्ञानले ‘जैविक घडीको कुञ्जी’ मान्छ भने आध्यात्ममा मानवको ‘तेस्रो आँखा’ भनिएको छ ।

 ‘पिनियल ग्रन्थी’को संरचना र स्थान

पिनियल ग्रन्थी मस्तिष्कको एपिफिसिस सेरेब्राली क्षेत्रमा अवस्थित छ । यो दुई गोलार्धबीचको बीच भागमा रहेको सानो आकारको ग्रन्थी हो ।

यसको नाम नै यसको आकारबाट आएको हो, पाइनकोन जस्तो । वयस्क मानिसमा यसको आकार करिब ५ देखि ८ मिलिमिटर लामो र ३ देखि ५ मिलिमिटर चौडा हुन्छ ।

यति सानो भए पनि यसमा रक्तवाहिनी नली र स्नायुका अन्तिम भागहरू प्रशस्त छन्, जसले यसलाई मस्तिष्कको अन्य भागसँग प्रत्यक्ष जोड्छ । यो ग्रन्थी रक्त–मस्तिष्क अवरोध बाहिर रहन्छ, जसले यसलाई विशेष बनाउँछ ।

‘मेलाटोनिन’को उत्पादन र जैविक घडी

वैज्ञानिक दृष्टिले पिनियल ग्रन्थी एन्डोक्राइन प्रणालीको महत्वपूर्ण अंग हो । यसले मुख्य रूपमा मेलाटोनिन हार्मोन उत्पादन गर्छ । मेलाटोनिनको उत्पादन प्रक्रिया अत्यन्त रोचक छ ।

मस्तिष्कको सुप्राकायस्मेटिक न्यूक्लियसले प्रकाश र अँध्यारोको संकेत प्राप्त गर्छ । उज्यालोमा यो ग्रन्थिले मेलाटोनिन उत्पादन रोक्छ भने पूर्ण अँध्यारोमा बढाउँछ । मेलाटोनिन सेरोटोनिनबाट बन्ने हार्मोन हो ।

उज्यालोमा यो ग्रन्थिले मेलाटोनिन उत्पादन रोक्छ भने पूर्ण अँध्यारोमा बढाउँछ । मेलाटोनिन सेरोटोनिनबाट बन्ने हार्मोन हो ।

राति ९ बजेपछि यसको मात्रा बढ्न थाल्छ, मध्यरातमा चरममा पुग्छ र बिहान घट्छ । यो हार्मोनले निद्रा मात्र ल्याउँदैन, शरीरको तापक्रम नियन्त्रण गर्छ, रक्तचाप घटाउँछ र प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।

सन् १९५८ मा अमेरिकी वैज्ञानिक एरोन लर्नरले मेलाटोनिनको गुण पहिलो पटक पहिल्याएका थिए । त्यसपछि यसको अध्ययनले छिटो गति लिएको छ ।

आज वैज्ञानिकहरूले पिनियल ग्रन्थिलाई ‘सर्केडियन रिदम’ को मास्टर कन्ट्रोलर मान्छन् । यदि यो ग्रन्थिले ठीकसँग काम गरेन भने जेट ल्याग, शिफ्ट वर्क डिसअर्डर, सिजनलजस्ता समस्या देखिन्छन् ।

अनुसन्धान अनुसार मेलाटोनिनको कमीले डिप्रेसन, चिन्ता र स्मरण शक्तिमा कमी ल्याउँछ। यसबाहेक पिनियल ग्रन्थिले सेरोटोनिन, डोपामिन जस्ता न्यूरोट्रान्समिटरसँग पनि अन्तरक्रिया गर्छ, जसले मनोवैज्ञानिक सन्तुलनमा भूमिका खेल्छ ।

आधुनिक जीवनशैलीको चुनौती

आधुनिक जीवनशैलीले भने यो ग्रन्थीलाई ठूलो चुनौती दिइरहेको छ । राति ११ बजेपछि मोबाइल, ल्यापटप वा टिभीको नीलो प्रकाश (४६०–४८० न्यानोमिटर वेभलेङ्थ)ले पिनियल ग्रन्थीलाई ‘दिनको समय’ ठान्छ ।

फलस्वरूप, मेलाटोनिन उत्पादन ५० प्रतिशतसम्म घट्छ । अध्ययनहरूले देखाए अनुसार दैनिक २ घण्टा स्क्रिन टाइम बढ्दा निद्राको गुणस्तर २५ प्रतिशतसम्म खस्किन्छ । यसैगरी, कृत्रिम प्रकाश, क्याफिन र अनियमित खाना खानाले पनि जैविक घडी बिगार्छ ।

आध्यात्मिक दृष्टिकोणमा तेस्रो आँखा

पिनियल ग्रन्थीको वैज्ञानिक अध्ययन मात्र होइन, आध्यात्ममा पनि महत्व दिएको पाइन्छ । हिन्दू दर्शनमा यसलाई आज्ञा चक्र अर्थात् तेस्रो आँखासँग जोडिन्छ ।

यो चक्र भौंको ठीक माथि अवस्थित मानिन्छ । योगशास्त्र अनुसार ध्यान र प्राणायामबाट यो चक्र सक्रिय हुँदा अन्तर्ज्ञान, स्पष्ट दृष्टि र आन्तरिक शान्ति प्राप्त हुन्छ ।

पतञ्जलि योगसूत्र र तन्त्र ग्रन्थहरूमा यसको उल्लेख छ । बौद्ध परम्परामा पनि ‘तेस्रो आँखा’ ले चेतनाको उच्च अवस्था खोल्ने विश्वास गरिन्छ ।

प्राचीन मिश्रको सभ्यतामा पनि पिनियल ग्रन्थीसँग सम्बन्धित प्रतीकहरू भेटिन्छन् । ‘आँखा अफ होरस’ लाई केही विद्वानहरूले यसैसँग जोड्ने गर्छन् ।

१७औँ शताब्दीका युरोपेली दार्शनिक रेने डेसकार्टले पिनियल ग्रन्थीलाई ‘आत्मा र शरीरको मिलन बिन्दु’ भनेका थिए । उनका अनुसार यो ग्रन्थी नै हाम्रो चेतना र निर्णय क्षमताको केन्द्र हो ।

१७औँ शताब्दीका युरोपेली दार्शनिक रेने डेसकार्टले पिनियल ग्रन्थीलाई ‘आत्मा र शरीरको मिलन बिन्दु’ भनेका थिए । उनका अनुसार यो ग्रन्थी नै हाम्रो चेतना र निर्णय क्षमताको केन्द्र हो ।

यद्यपि, यी धारणाहरू वैज्ञानिक रूपमा प्रमाणित छैनन्, तर मानव चेतनाको खोज र आत्मबोधसँग सम्बन्धित प्रतीकात्मक व्याख्या हुन् । ध्यान, योग र पिनियल ग्रन्थिको सम्बन्ध विज्ञानले पिनियल ग्रन्थीलाई अलौकिक शक्तिसँग जोड्दैन, तर आध्यात्मिक अभ्यास र जैविक स्वास्थ्यबीच केही रोचक सम्बन्ध देखिन्छ ।

योग र ध्यान अभ्यासले पिनियल ग्रन्थीसँग प्रत्यक्ष सम्बन्ध राख्छ । ट्राटक (मैनबत्तीमा एकाग्रता), ध्यान र कुण्डलिनी योगले यस क्षेत्रमा रक्तप्रवाह बढाउँछ ।

अध्ययन अनुसार नियमित ध्यान गर्ने व्यक्तिमा मेलाटोनिन स्तर ३० प्रतिशतसम्म बढेको पाइएको छ । यसले तनाव हर्मोन कोर्टिसोल घटाउँछ र स्नायु प्रणालीलाई शान्त पार्छ । प्राचीन ऋषिहरूले सूर्योदयअघि उठेर ध्यान गर्नुको कारण पनि यही मानिन्छ ।

प्राकृतिक प्रकाशले जैविक घडी ‘रिसेट’ गर्छ ।

पिनियल ग्रन्थिलाई स्वस्थ कसरी राख्ने ?

पिनियल ग्रन्थिको स्वास्थ्य कायम राख्नु आजको आवश्यकता हो ।

— राति १० बजेपछि सबै स्क्रिन बन्द गर्ने, त्यो सम्भव छैन भने स्क्रिनबाट आउने निलो किरणलाई क्षेक्ने सेटअप प्रयोग गर्ने ।

— पूर्ण अँध्यारोमा सुत्ने वातावरण बनाउने ।

— बिहान सूर्यको प्राकृतिक प्रकाशमा १०–१५ मिनेट बिताउने ।

— नियमित ध्यान, योग र प्राणायाम गर्ने

— क्याफिन र भारी खाना रातमा नखाने ।

मेलाटोनिन सप्लिमेन्ट आवश्यक परे चिकित्सकको सल्लाहमा मात्र लिन सकिन्छ ।

रहस्यमय पिनियल ग्रन्थी
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुट्कारा ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू