+
+
Shares

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०८२ सालका लागि भारतका पाँच जना विद्यार्थीसहित कुल १३० जना विद्यार्थी भर्ना भएका छन्।
  • प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट एमबीबीएस अध्ययनका लागि ५० जनाको कोटा पाएको छ र अहिले चार वर्षदेखि एमबीबीएस पढाइ भइरहेको छ।
  • जुम्ला जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययनको नयाँ केन्द्रको रूपमा विकास पाएको छ र स्वास्थ्य सेवा प्रवाहमा योगदान दिइरहेको छ।

२ चैत, जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।

अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबीबीएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक कमल थानीले जानकारी दिए ।

प्रतिष्ठानले यो वर्ष चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबीबीएस) पढ्नका लागि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा निर्धारण गरेको थियो ।

जसमध्ये ४५ जना नेपाली विद्यार्थी र पाँच जना भारतीय विद्यार्थी गरी जम्मा ५० जना विद्यार्थी यो वर्ष भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाका निर्देशक थानीले बताए ।

पहिलो वर्ष एमबिबिएस अध्ययन गर्नेका लागि चिकित्सा शिक्षा आयोगले २० जनाको कोटा निर्धारण गरेको थियो । दोस्रो वर्ष ३०, त्यसपछि तेस्रो र यो वर्ष ५०÷५० जनाको कोठा दिएको प्रतिष्ठानका निर्देशक थानीको भनाइ छ ।

प्रतिष्ठानले एमबिबिएसको अध्यापन गर्न थालेको पनि चार वर्ष हुँदै छ र चौथो ब्याच पढ्न आएका विद्यार्थीलाई स्वागत गरिएको छ । चिकित्सक शास्त्रबाहेक अरू सङ्कायअन्तर्गत बी–पिएच, बी–फार्मेसी, बिएस्सी नर्सिङ र बिएनएसको २०-२० जनाको कोटा पाएको प्रतिष्ठानका निर्देशक थानीले जानकारी दिए ।

दुर्गम भौगोलिक अवस्थाका कारण वर्षौंसम्म विकासका अवसरबाट टाढा रहेको जुम्ला पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको नयाँ केन्द्रका रूपमा उभिन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पुजन रोकायाले बताए ।

समग्र माथिल्लो कर्णालीको स्वास्थ्य सेवा प्रवाहसँगै चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थीहरूको आकर्षणको केन्द्र प्रतिष्ठान बन्दै गएको उपकुलपति रोकायाको भनाइ छ ।

प्रतिष्ठानको नयाँ शैक्षिक सत्र २०८२ का लागि भारतका पाँच जनासहित कुल १३० जना विद्यार्थी विभिन्न सङ्काय स्वास्थ्यसम्बन्धी विषय अध्ययन गर्न प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबलबहादुर धामीले जानकारी दिए ।

प्रतिष्ठानमा अहिले एमबिबिएस, बी–एनएस, बी–फार्मेसी, बिएससी नर्सिङ, बी–पिएचलगायतका विषय अध्ययन हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?