+
+
Shares

१० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना महत्वाकांक्षी : पूर्वअर्थमन्त्री पुन

बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्दै उनले लक्ष्य निर्धारण गरिनु राम्रो भए पनि श्रोतको सीमितताका कारण त्यो सम्भव नरहेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको योजना महत्वाकांक्षी र सम्भव नरहेको बताए ।
  • पुनले ८५ खर्ब बजेट आवश्यक पर्ने योजना कार्यान्वयन गर्न अर्थमन्त्रीलाई कार्यान्वयनयोग्य बजेट ल्याउन सुझाव दिए ।
  • उनले सरकार र सत्तारुढ दलका सांसदहरुलाई यथार्थपरक र गम्भीर भएर अघि बढ्न आग्रह गए ।

३१ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन अनन्तले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको घोषणा महत्वाकांक्षी योजना रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्दै उनले लक्ष्य निर्धारण गरिनु राम्रो भए पनि श्रोतको सीमितताका कारण त्यो सम्भव नरहेको बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेट ल्याउँदा कार्यान्यवन हुन मुस्लिक यस्ता कार्यक्रम नराखी कार्यान्वयन गर्न सक्ने खालका योजना मात्र समावेश गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराए ।

सरकारले भनेअनुसार १० वर्षमा ३० हजार मेगावाट विद्युत उप्पादन गर्न ८५ खर्ब बजेट आवश्यक पर्ने उल्लेख गरे ।

‘एक दशकमा ३० हजार मेगावाट विद्युत पुर्‍याउने लक्ष्य राखिएको छ । अहिले हामीले लगभल ५ हजार मेगावाट उत्पादन गरेका छौं । २५ हजार मेगावाट उत्पादन गर्न धेरै गाह्रो कुरा हो । अर्कोतिर लागतको हिसाबले ‘रनअफ’ रिभर एक मेगावाटलाई २० करोडको न्यूनतम हिसाब गर्दा पनि ८५ खर्ब हुन आउँछ’, पुनले भने, ‘अर्थमन्त्रीसँग बजेट बनाउँदा डेढ/दुई खबको पुँजीगत खर्च गर्ने क्षमता छ । प्राइभेट क्षेत्रसँग पनि त्यही हाराहारीको क्षमता छ भने श्रोतबिना सपना देखेको देखिन्छ । सपना देख्नु राम्रो हो, तर यथार्थ हुँदैन । बजेटमा यस्ता कुराहरुलाई यथार्थपरक रुपमा समावेश गरिनेछ भन्ने विश्वस राख्छु ।’

सपना देख्नु राम्रो भए पनि स्पष्ट वैचारिक दृष्टिकोणबिना नवउदारवादी कोणमा उभिएर मुलुकमा विद्यमान आर्थिक संकट हल गर्न असम्भव रहेको पुनले बताए ।

यस विषयमा सरकार र सत्तारुढ दलका सांसदहरुलाई यथार्थपरक र गम्भीर भएर अघि बढ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?