+
+
Shares

कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठनबारे छलफल

वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ (प्राविधिक समिति) बनाउने विषयमा छलफल गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि \'टास्क फोर्स\' बनाउने विषयमा छलफल गरेकी छन्।
  • कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच बाँदर–मानव द्वन्द्व व्यवस्थापनका लागि टास्क फोर्स गठनबारे छलफल भएको छ।
  • स्थानीय तहले कार्यान्वयन, विज्ञ टोली छनोट र बजेट व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको छ।

३१ वैशाख, काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानीकारक वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ (प्राविधिक समिति) बनाउने विषयमा छलफल गरेकी छन् ।

खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्वलाई व्यवस्थापनका लागि कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच टाक्स फोर्स गठनबारे विषयमा छलफल भएको हो ।

स्थानीय तहले कार्यान्वयन कसरी गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापनलगायत विषयमा छलफल भएको हो ।

सो छलफलमा कृषि सचिव डा. राजेन्द्र मिश्र, संसद सागर ढकाल, वन मन्त्रालयका सहसचिव लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?