
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलाली कारागारमा बिहीबार कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।
- जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले घाइते पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए।
- कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको स्थानान्तरण गर्दा विवाद हुँदा झडप भएको खुलाए।
२२ साउन, कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
कारागारमा झपडका क्रममा घाइते कैदीबन्दीहरू धिरज बम, मोहन राना, विशेषनाथ योगी, हिमाल राना र राहुल राना (टाउकोमा चोट लागेको ) कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए । कारागारमा झपडका क्रममा घाइते हुनेमा कैदीबन्दीहरू धिरज बम, माेहन राना, विशेषनाथ याेगी, हिमाल राना र राहुल राना रहेका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार केहीको टाउकोमा चोट लागेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गाेगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जाेडिएका तीन जनाकाे अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4