१५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदी भक्तपुरबाट पक्राउ परेका छन् ।
गत २४ भदौ कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत (विष्णु) भक्तपुर नगरपालिका–८ लिवालीमा पक्राउ परेका हुन् ।
रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागुधौष मुद्दाका फरार कैदीबन्दी हुन् ।
२ वर्ष कैद १ लाख जरिवाना तोकिएको बस्नेत कैद भुक्तान गर्न ६ महिना बाँकी रहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक भैरव रावलको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएका बस्नेतलाई प्रहरी वृत्त जगातिमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4