+
+
Shares

संखुवासभा कारागारका ३३ कैदीबन्दीले गरे मतदान

कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश भएका उनीहरूले मतदान गरेका हुन् ।

भविन कार्की भविन कार्की
२०८२ फागुन २१ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको जिल्ला कारागारमा रहेका ३३ जना कैदीबन्दीले मतदान गरेका छन्, जसमा २८ पुरुष र ५ महिला छन्।
  • मतदान अधिकृत शोभा दाहालले कारागारबाट शतप्रतिशत मत खसेको जानकारी दिइन्।
  • अस्थायी मतदान केन्द्रबाट १२ बजेसम्म ५१ जनाले मतदान गरेका छन् र जिल्लामा १३९७ अस्थायी मतदाता छन्।

२१ फागुन, संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा रहेका ३३ जना कैदीबन्दीहरूले मतदान गरेका छन् । जसमा २८ पुरुष र ५ महिला कैदीबन्दी छन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश भएका उनीहरूले मतदान गरेका हुन् ।

कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ३३ जना कैदीबन्दीले मतदान गरेको मतदान अधिकृत शोभा दाहालले जानकारी दिइन् । जिल्ला कारागारबाट शतप्रतिशत मत खसेको उनले बताइन् ।

त्यसैगरी अस्थायी मतदान केन्द्रबाट १२ बजेसम्म ५१ जनाले मतदान गरेका छन् । जिल्लामा एक हजार ३ सय ९७ अस्थायी मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?