+
+
Shares

रोल्पामा पाँच घण्टामा २९.५ प्रतिशत मतदान 

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८२ फागुन २१ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पाँच घण्टाभित्रै करिब २९.५ प्रतिशत मत खसेको छ।
  • जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।
  • रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता छन्, जसमा महिला ७४ हजार ९ सय ७ र पुरुष ७४ हजार ६ सय ९० जना छन्।

२१ फागुन, रोल्पा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा मतदान सुरु भएको पाँच घण्टाभित्रै करिब २९.५ प्रतिशत मत खसेको छ ।

रोल्पामा मध्याह्न १२ बजेसम्म जिल्लाभर २९.५ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए ।

जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ, भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ जना मतदाता रहेका छन् । महिला मतदाता ७४ हजार ९ सय ७ र पुरुष मतदाता ७४ हजार ६ सय ९० जना छन्।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?