+
+
Shares

धनुषाको बटेश्वरका सबै केन्द्रमा सजिलो मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको बटेश्वर गाउँपालिकाको सबै ६ मतदान केन्द्रमा अशक्त तथा अपांगका लागि ह्विलचेयरको व्यवस्था गरिएको सजिलो मतदान अभियान जारी छ।
  • अभियानका संयोजक जयकृष्ण महतोले अशक्त तथा अपाङ्गता भएकालाई मतदानमा कुनै अप्ठ्यारो नहोस् भनेर यो अवधारणा अघि बढाइएको बताए।
  • यो सजिलो मतदान अभियान देशमै पहिलोपटक बटेश्वर गाउँपालिकामा सुरु भएको छ।

२१ फागुन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाको सबै मतदान केन्द्रमा सजिलो मतदान अभियान जारी छ ।

सजिलो मतदान, साझा अभियान अन्तर्गत हरेक मतदान केन्द्रमा अशक्त तथा अपांगको लागि ह्विलचेयरको व्यवस्था गरिएको छ ।

अभियानका संयोजक जयकृष्ण महतोका अनुसार ६ वटै मतदान केन्द्रमा सजिलो मतदानको व्यवस्था गरिएको हो ।

अशक्त तथा अपाङ्गता भएकाहरूलाई मतदान केन्द्रमा मत खसाल्न कुनै प्रकारको अप्ठ्यारो नहोस् भनेर यो अवधारणा अघि बढाइएको उनले बताए ।

यो अभियान देशमै पहिलोपटक बटेश्वर गाउँपालिकामा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?