News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटमा दिउँसो १ बजे सम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
- जिल्लामा २ सय ७७ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र तोकिएको छ, जसमा १ सय ५२ अतिसंवेदनशील छन्।
- प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियमित गस्ती गरिरहेको छ।
रौतहट । रौतहटमा दिउँसो १ बजे सम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार दिउँसो १ बजे सम्ममा जिल्लाका ४ वटै क्षेत्रमा गरी ४० प्रतिशत मत खसेको हो ।
रौतहटका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण निर्वाचनमा भइरहेको छ ।
जिल्लामा २ सय ७७ मतदान स्थल अन्तर्गत ५ सय ४१ मतदान केन्द्र तोकिएको छ । २ सय ७७ मतदान स्थल मध्ये १ सय ५२ अतिसंवेदनशीलको सूचीमा रहेको छ ।
रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता छन् ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रत्येक मतदान स्थलको वरपर नियमित गस्तीको व्यवस्था गरिएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार हरेक मतदान स्थलमा करिब ५ देखि १० मिनेटको अन्तरालमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली गस्ती गरिरहेको छ।
हालसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
प्रतिक्रिया 4