+
+
Shares

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

‘मतदान हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो । त्यसैले यस्तो बेलामा पनि जिम्मेवारी पूरा गर्न आयौं,’ बाबुको किरिया बसिरहेका चन्द्रकान्त अर्यालले भने ।

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८२ फागुन २१ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा शोकको समयमा पनि एकैघरका दुई मतदाताले मतदानमा सहभागी भएर नागरिक कर्तव्य पूरा गरे।
  • चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले पञ्चकन्या माध्यमिक विद्यालय मतदानस्थलमा मतदान गरे।
  • चन्द्रकान्तले भने, 'मतदान हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो, त्यसैले यस्तो बेलामा पनि जिम्मेवारी पूरा गर्न आयौं।'

२१ फागुन, स्याङ्जा । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा बिहीबार भावुक र प्रेरणादायी दृश्य देखियो ।

शोकको समयमा पनि नागरिक कर्तव्यलाई प्राथमिकता दिँदै एकैघरका दुई मतदाता मतदानमा सहभागी भए । बाबुको किरिया बसिरहेका चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले बिहीबार अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालय मतदानस्थलमा पुगेर मत खसालेका हुन् ।

पारिवारिक शोकका बीच पनि उनीहरू मतदान केन्द्रमा पुग्दा त्यहाँ उपस्थित अन्य मतदाताको ध्यान खिचेको थियो । परिवारमा शोक परेकै अवस्थामा पनि लोकतान्त्रिक अभ्यासमा सहभागी हुन उनीहरू मतदान केन्द्र पुगेका थिए ।

मतदानपछि प्रतिक्रिया दिँदै चन्द्रकान्तले मताधिकार प्रयोग गर्नु कर्तव्य ठानेर आएको बताए । ‘मतदान हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो । त्यसैले यस्तो बेलामा पनि जिम्मेवारी पूरा गर्न आयौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?