+
+
Shares

इजरायलको तेल आपूर्तिमा संकट : ‘बीसीटी’ पाइपलाइनमा आक्रमण गर्ने इरानको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:०४

२१ फागुन, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमान्डरका सल्लाहकारले मंगलबार एक गम्भीर चेतावनी दिँदै इरानले आफ्ना ‘शत्रु राष्ट्रका तेल आपूर्ति लाइनहरू’ लाई निशाना बनाउने घोषणा गरेका छन् ।

यस बयानले विशेष गरी ‘बाकु–तिबिलिसी–सेहान’ (बीटीसी) पाइपलाइनलाई जोखिममा पारेको छ, जसले अजरबैजानबाट टर्की हुँदै इजरायललाई आवश्यक पर्ने कुल तेलको करिब ३० प्रतिशत आपूर्ति गर्दछ ।

स्रोतहरूका अनुसार, इरानको यो धम्की इजरायलको इन्धन सुरक्षामा ठूलो धक्का पुर्‍याउने रणनीति अन्तर्गत आएको हो ।

यसै सन्दर्भमा इरानले ’हर्मुज जलसन्धि’ लाई पनि पूर्ण रूपमा बन्द गरिएको र त्यहाँबाट यात्रा गर्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएको छ ।

इरानको यो कदमले विश्वव्यापी तेल बजारमा हलचल ल्याएको छ, जसका कारण युरोपमा ग्यासको मूल्य झण्डै ५० प्रतिशतले बढेको छ ।

साउदी अरबको अराम्को रिफाइनरीमा भएको ड्रोन आक्रमण र कतारले ग्यास उत्पादन स्थगित गरेपछि स्थिति झनै भयावह बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ठूलो लहर आउन बाँकी छ’ भन्दै थप आक्रमणको चेतावनी दिएका बेला इरानले भने अजरबैजानमार्फत इजरायलले इरान विरुद्ध ‘फोहोरी खेल’ खेलिरहेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?