२१ फागुन, संखुवासभा । संखुवासभाको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा कैदीबन्दीका लागि गरिएको मतदान सम्पन्न भएको छ ।
कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ३३ जनाले मतदान गरेका छन् ।
कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ३३ जना कैदीबन्दीले मतदान गरेको मतदान अधिकृत शोभा दाहालले जानकारी दिए ।
जिल्ला कारागारबाट शतप्रतिशत खसेको मतदान अधिकृत दाहालले बताए ।
जिल्ला कारागारमा मतदाता नामावली भएका २८ पुरुष र ५ महिला कैदी बन्दीले मतदान गरेको मतदान अधिकृत दाहालले बताए ।
त्यस्तैगरी अस्थायी मतदान केन्द्रबाट १२ बजेसम्म ५१ जनाले मतदान गरेका छन् । जिल्लामा एक हजार ३ सय ९७ अस्थायी मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4