+
+
Shares

सिराहामा ६ घण्टामा ५० प्रतिशत खस्यो मत

सुरेश राय सुरेश राय
२०८२ फागुन २१ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान ६ घण्टामा करिब ५० प्रतिशत पुगेको छ।
  • सिरहामा कुल ४ लाख ५३ हजार ६५४ मतदाता रहेका छन् र ५३१ मतदान केन्द्र तोकिएका छन्।
  • निर्वाचन क्षेत्र नं–१ देखि नं–४ सम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ र मतदाताले यसवर्ष मतदान सहज भएको बताउँछन्।

२१ फागुन, सिराहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिराहामा मतदान सुरु भएको ६ घण्टामा करिब ५० प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय सिराहाका प्रमुख राजन श्रीवास्तवका अनुसार दिउँसो १ बजेसम्म जिल्लाभर ४५ देखि ५० प्रतिशतसम्म मतदान भएको हो।

बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा कुल ४ लाख ५३ हजार ६५४ मतदाता रहेका छन् भने जिल्लाभर ५३१ मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार निर्वाचन क्षेत्र नं–१ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी कुल १ लाख ११ हजार ९४९ मतदाता रहेका छन् । यस क्षेत्रमा १३० मतदान केन्द्र कायम गरिएको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नं–२ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र दुई अन्य गरी कुल १ लाख १५ हजार ७६० मतदाता छन् भने १३६ मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन क्षेत्र नं–३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी कुल १ लाख १९ हजार २५० मतदाता रहेका छन् । यस क्षेत्रमा पनि १३६ मतदान केन्द्र कायम गरिएको छ।

यस्तै निर्वाचन क्षेत्र नं–४ मा ५६ हजार ७१७ पुरुष र ४९ हजार ९६९ महिला गरी कुल १ लाख ६ हजार ६८६ मतदाता रहेका छन् भने १२९ मतदान केन्द्रबाट मतदान भइरहेको छ।

मतदाता बिहानैदेखि मतदान स्थलमा आएर उत्साहितका साथ मतदान भइरहेको छ ।विगतको वर्षभन्दा यसवर्ष मतदान गर्न सहज भएको मतदाता बताउँछ्न् । सिरहाका चारवटै क्षेत्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण मतदान भइरहेको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?