२१ फागुन, बागलुङ । ५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
५३ कैदीबन्दी र दुई कर्मचारी गरी जम्मा ५५ मतदाता रहेको जिल्ला कारागार बागलुङमा ५३ मत खसेको छ ।
समानुपातिक प्रणालीको मात्रै मतदान हुने केन्द्रमा ९६.३६ मत खसेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।
बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीमध्ये एक जना स्थानान्तरण र एक जना कैद मुक्त भइसकेकाले ५१ जना कैदीबन्दी र दुई कर्मचारीले मतदान गरेका छन् ।
मतदान सम्पन्न भएपछि दलका प्रतिनिधिको रोहबरमा मतपेटिका बुझाउने प्रकृया थालिएको छ ।
बागलुङमा दुई अस्थायी मतदान केन्द्र र १०७ मतदानस्थल र २३० स्थायी मतदान केन्द्रमा कुल एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4