+
+
Shares

१४ हजार ५५४ फरारमध्ये ९ हजार ४४१ कैदीबन्दी फिर्ता भए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १३:५४
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा फरार भएका १४ हजार ५५४ कैदीबन्दीमध्ये ९ हजार ४४१ फिर्ता भएका छन् ।

बाँकी ५ हजार १३ जना फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

फरार कैदीलाई नियन्त्रणमा लिनका लागि सम्बन्धित निकायहरूमा परिपत्र भइसकेको उनले बताए । साथै फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन विशेष अपरेसन चलाउने पनि उनले बताए ।

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको जानकारी दिए ।

साथै २४ भदौको विध्वंसमा संलग्न रहेको आरोपमा ४२९ जना पक्राउ परेको र विभिन्न कसुरमा १६८ वटा मुद्दा दर्ता भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?