+
+
Shares

सुदूरपश्चिम र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र आदित्यनाथबीच उत्तरप्रदेशका मुख्यमन्त्रीको लखनउस्थित सरकारीनिवास भेटवार्ता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १६:००
Photo Credit : MYogiAdityanath's Post
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।

२२ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र आदित्यनाथबीच उत्तरप्रदेशका मुख्यमन्त्रीको लखनउस्थित सरकारीनिवास भेटवार्ता भएको हो ।

मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराएका छन् । ‘आज लखनउस्थित सरकारीनिवासमा नेपालको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट भयो,’ उनले लेखेका छन् ।

शाह नेतृत्वको प्रतिनिधिमण्डल गत मंगलबार काठमाडौंबाट एक साता लामो भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेको थियो ।

भ्रमण टोलीमा सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, मुख्यसचिव, सचिव र सचिवालयका केही सदस्य सहभागी छन् । टोली सोमबार नै लनखउबाट स्थलमार्ग हुँदै कैलाली फर्किंनेछ ।

मुख्यमन्त्री शाहले नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा गएका हुन् ।

दिल्लीमा रहँदा उनले दिल्लीमा संघीय मन्त्रीहरूसँग भेटघाट गरेका थिए भने विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँगको अन्तरक्रियामा भाग लिएका थिए ।

प्रतिनिधिमण्डलले साताव्यापी भ्रमणको दौरान भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकीय क्षेत्रको भ्रमण गरेको भ्रमण टोलीका एक सदस्यले जानकारी दिए ।

भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक नरेशकुमार शाही छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीयसचिव रामबहादुर विष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?