+
+

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १९ गते ७:०५

१९ कात्तिक, धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-१० को पहमानपुरमा सुपप्र०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको बताए ।

उनकाअनुसार मोटरसाइकल र चालक २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको छ ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?