+
+
Shares

बडिमालिकामा करिब ५ हजार भक्तजन, सेनाको स्वास्थ्य शिविर (तस्वीर)

प्रकाश सिंह प्रकाश सिंह
२०८२ साउन २४ गते १६:०१

२४ साउन, बाजुरा । बाजुराको बडिमालिकामा नेपाली सेनाले स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरेको छ ।

ईश्वरीबक्स गुल्मले साउन २० गते देखी २३ गतेसम्म शिविर सञ्चालन गरेको हो ।

शिविरबाट ७ सय ५० जना भन्दा बढी उपचार तथा सेवा पाएको नेपाली सेनाले जनाएको छ ।

बडिमालिका मेलामा लेक लाग्ने तथा अन्य बिरामी हुने भएको सेनाले प्रत्येक वर्ष निशुल्क शिविर सञ्चालन गर्ने गरेको ईश्वरीबक्स गुल्मका गुल्मपती कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

सो क्रममा ३ जना बिरामीलाई नेपाली सेनाले उद्धार गरेर घर पठाएको थियो ।

त्रिवेणी र बडिमालिका मन्दिर परिसरमा गरी ३ ठाउमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

हरेक वर्ष जनैपुर्णिमा अघिल्लो दिन अर्थात साउन शुक्ल चतुदर्शीको दिन यहाँ मेला लाग्ने गर्छ ।

बडिमालिकाबाट फर्केर पूर्णिमाको दिनमा भने नोटेश्वरीमा मेला तथा पूजा लाग्ने गरेको छ । शनिबार अर्थात् आज बिहानदेखी नाटेश्वरी मन्दिरमा पुजाआजा भइरहेको छ ।

जात्राका लागि भक्तजनहरू एक हप्तादेखि हिंड्ने गर्छन् । गुल्मपती तिमिल्सिनाका अनुसार यसवर्ष करिब ५ हजार भक्तजनहरू बडिमालिका पुगेका बताएका छन । उच्च स्थानमा रहेको बडिमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता बिरामीहरूको आकस्मिक उपचारका लागि नेपाली सेनाको स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नेपाली सेनाले शिबिर सँगै बाटोमा हिंड्ने पैदल यात्रीका लागि बाटोसम्बन्धी जानकारी खानेपानीको ब्यवस्थापन, अस्थाई शौचालय व्यवस्थापनमा सहयोग गरेको थियो ।

तिर्थालुभक्तजनका लागि त्रिवेणी पाटन र बडिमालिका मन्दिर परिसरमा अस्थाई बासका लागि टेन्टको समेत ब्यबस्थापन गरिएको ईस्वरीक्स गुल्ममा प्रमुख गुल्मपती तिमिल्सेनाले बताए ।

त्यस्तै मेला अवधिभर शान्ति सुरक्षा, भिड व्यवस्थापन र मेला सम्पन्न पश्चात बडिमालिका सफाइ अभियान लगायतका बिभिन्न कार्यक्रमहरु गर्ने सेनाले वताएको छ ।

यो पटक बडिमालिका दर्शनबाट फर्कने क्रममा २ जनाको लडेर मृत्यु भएको छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?