+
+
Shares

नरबहादुरको वेदना : आर्थिक अभावले छोराको उपचार गर्न सकिन

प्रकाश सिंह प्रकाश सिंह
२०८२ जेठ १४ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराका नर बहादुर कार्कीले आर्थिक अभावका कारण २४ वर्षीय छोरा ईश्वरलाई धनगढीबाट घर ल्याएका छन्।
  • अस्पतालले मुटु र नशाको समस्या देखाउँदै काठमाडौं रेफर गरे पनि आर्थिक समस्या र गाडी भाडा नहुँदा घर ल्याउनु परेको हो।
  • उनीहरूले छोराको उपचारका लागि सहयोगको अपिल गरेका छन् र आफ्नै स्वास्थ्य समस्या समेत छन्।

१४ जेठ, बाजुरा । आर्थिक अभावका कारण अस्पतालले थप उपचारका लागि रेफर गरेको बिरामी छोरालाई बुवाले घर फिर्ता ल्याउनुपरेको छ । बाजुराको बडीमालिका नगरपालिका–१ सल्यानका नर बहादुर कार्कीले २४ बर्षका ईश्वर कार्कीलाई कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीबाट घर फर्काउनु परेको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीले मुटु र नशामा समस्या रहेको भन्दै रेफर गरेको थियो । अस्पतालले काठमाडौमा रहेको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको थियो ।

तर, काठमाडौसम्म जाने गाडि भाडा समेत नभएपछि धनगढी बाट बिरामी छोरा बाजुरा फिर्ता ल्याएको भन्दै बुवा नर बहादुरले दुखेसो पोखे । ईश्वर कार्की जन्मजात देखिनै हातको समस्याले ग्रसित छन् । जन्मदा देखि दायाँ हातमा सानासाना गिख्रा तथा दाना जस्तो देखिएको परिवारजनले बताएका छन् ।

पछि बढ्दै जाँदा हातै चलाउन नसक्ने अवस्था भएको थियो । हातमा समस्या भएपछि ईश्वरको केही बर्षअघि नेपालगञ्जमा अप्रेसन गरिएको थियो । त्यो बेला केही निको भएको भएपनि फेरि समस्या बल्झिएपछि बाजुरा अस्पताल हुदै धनगढी लगेका थिए ।

पहिलो पटक उपचार गरेको पैसा तिर्न नसकेका नरबहादुरलाई ऋण समेत कसैले पत्याउन नसक्ने अवस्थामा पुगेका छन् । उपचार गर्न कतै बाट सहयोग नहुने र आफूसँग पैसा नभएपछि उनले छोरालाइ घरमा ल्याउन बाध्य भएको उनले बताए ।

उनी आफैं पनि ७ वर्षदेखि बाथ रोगबाट ग्रसित छन् । आर्थिक अवस्था निकै कमजोर रहेका उनले भएको सम्पत्ति पहिलो पटक छोराको उपचारमा सकेका थिए । त्यो बेला सामुदायिक बनबाट निकालेको ऋण अहिले सम्म तिर्न सकेका छैनन् । छोराको उपचारमा सहयोग गर्न सबैलाई हारगुहार गरिहेका छन् ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?