+
+
Shares

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १८:१३

१४ साउन, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय लिएको हो ।

मुख्यमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । नागरिक उन्मुक्ति पार्टी(नाउपा) बाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।

मन्त्री बर्खास्त गरेपछि नाउपाले सरकारलाई दिएको फिर्ता लिएको सन्दर्भमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत लिन ह्वीप जारी गरिसकेको छ ।

५२ सदस्यीय (एक जना निलम्बन बाहेक) सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन चाहिन्छ । अहिले शाहसँग एमालेका ११ र कांग्रेसका १८ गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

विपक्षमा नेकपा माओवादी केन्द्रका १०(सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, एक/एक राप्रपा र स्वतन्त्र गरेर २२ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?