Comments Add Comment

प्रदेश ७

List Grid
प्रतिनिधिसभा विघटनविरुद्ध महेन्द्रनगरमा मसाल जुलुस

२८ पुस, कञ्चनपुर । नेकपा (प्रचण्ड–माधव समूह) निकट अनेरास्ववियूले कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो । महेन्द्रनगर बजारको खुलामञ्च अगाडिबाट शुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत भएको संयोजक वीरेन्द्र विष्टले जानकारी […]

ओलीलाई व्यंग्य गर्दै धनगढीमा बयलगाडा जुलुस

२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको  छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध […]

आर्थिक हिनामिनाको आरोपमा भीम रावललाई कार्बाही गर्न ओली समूहको सिफारिस

२३ पुस, धनगढी । नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । अनलाइनखबरसँग भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न […]

कैलालीमा गैंडाको खागसहित एक जना पक्राउ

२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका […]

सुदूरपहाडमा भूकम्पको धक्का

२० पुस, बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका […]

सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा

१९ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन […]

सुदूरपश्चिम प्रदेशका मन्त्री बोहरा बर्खास्त

१४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए । बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षकै मन्त्री नियुक्त […]

स्कार्पियोले ठक्कर दिँदा बालकको मृत्यु

१० पुस, डोटी । स्कार्पियोले ठक्कर दिँदा डोटीमा एक बालकको मृत्युु भएको छ । शिखर नगरपालिका–६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायरको मृत्यु भएको हो । डोटीबाट धनगढीतर्फ जाँदै गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका गौरवलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । […]

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

९ पुस, कैलाली । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो । बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । उनको […]

संसद विघटनबारे के भन्छन् स्थानीय तहका जनप्रतिनिधि ?

७ पुस, डोटी । आइतवार नेपालको राजनीतिमा एक नयाँ मोड आयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचन तोक्न राष्ट्रपतिलाई सिफारिस गरे । प्रधानमन्त्रीको सिफारिस सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख १७ गते पहिलो र २७ गते दोश्रो गरी दुई चरणमा निर्वाचन हुने मिति तोकिन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन […]

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

५ पुस, कैलाली । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र […]

सुदूरपश्चिम प्रदेश सभाका सभामुखलाई कोरोना संक्रमण

५ पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ । थापालाई केही दिनदेखि हल्का ज्वरोसमेत आएको थियो । थापा अहिले होम आइसोलेसन रहेको स्वकीय सचीव कविन्द्र रोकायाले जानकारी दिए ।

सुदूरपश्चिममा १० प्रतिशतलाई कोरोना संक्रमण, ०.३ प्रतिशत मृत्यु

३० मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख २४ हजार तीन सय ८९ जनाको स्वाव परीक्षण भएको छ । परीक्षण भएकामध्ये १२ हजार चार ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएकाहरुको करिब १० प्रतिशत हुन आउँछ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार हालसम्म प्रदेशमा ६ वटा […]

मुग्लानमा रोजगारी गुम्यो, गाउँमा व्यवसाय थालनी

२९ मंसिर, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परे । आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाडेर मलेशिया पुगेका धामी स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसकेका छन् । […]

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते

२५ मंसिर कैलाली । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । से १ प ५५७८ र से ६ प ३७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका–१९ का पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक […]

दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

२२ मंसिर, दार्चुला । दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर […]

जब रेखाले हिम्मत देखाइन् तब प्रचारमा आयो लिङ्गा

२२ मंसिर, डोटी । ‘२०७१/०७१ सालसम्म यहाँ खासै कोही आउँदैनथे । वरपरका गाउँबाट मात्रै सिद्ध पुज्न आउँथे । अचेल त टाढाटाढाबाट पनि यस क्षेत्रको दर्शन गर्न आउँछन्,’ कञ्चनपुरको बेदकोट नगरपालिका–४ मा रहेको धार्मिक तथा पर्यटकीय स्थलबारे स्थानीय पदमराज भट्ट भन्छन् । स्थानीय बमनगाउँवासी यस क्षेत्रलाई परेवाखरी (परेवा खोर) भनेर चिन्दथे । परेवाहरु लुक्ने ठाउँ भएका […]

डोटीमा जिप दुर्घटना, वडा सचिवसहित ३ जनाको मृत्यु

२१ मंसिर, कैलाली । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ मा म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ कि वडा सचिव मन्जु त्रिपाठी र […]

आठ महिनापछि खुल्यो टीकापुर पार्क

२० मंसिर, कैलाली । कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकले पार्कको अवलोकन गर्दै आएको तथ्याङ्क नगरपालिकासँग छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य […]

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

१९ मंसिर, धनगढी । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलाली गोदावरी ३ का ७६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा आज बिहान मृत्यु […]

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, बेहुला-बेहुलीसहित १३ जना घाइते

१८ मङ्सिर, धनगढी । कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बैतडीको दोगडाकेदारबाट कञ्चनपुरको बेलौरी आउँदै गरेको गाडी दुर्घटना भएको हो । […]