+
+
Shares

दैजी–लिप्ना–जोगबुढा सडक अलपत्र पारिएको विरोधमा युवाहरुले गरे ‘लास आन्दोलन’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते ९:५३

काठमाडौं । कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने सडक निर्माणको काम वर्षौंदेखि अलपत्र पारिएको विरोधमा युवाहरुले सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालय अगाडि फरक शैलीमा प्रदर्शन गरेका छन् ।

‘बोलन्या थली’ अभियानको आयोजनामा युवाहरु सेतो कपडा ओढेर लमतन्न परेर सुतेर प्रदर्शन गरेका हुन् । विहीबार करिब एक घण्टासम्म युवाहरुले प्रदर्शन गरेका थिए ।

अभियानका संयोजक यादव जोशीले सडक निर्माण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘लास आन्दोलन’ गरेको बताए । ‘सडक मृत्यु मार्ग जस्तै छ । ज्यानको असुरक्षा छ, त्यसैले सरकारको ध्यानाकर्षण गराउन लास आन्दोलन गरेका हौं,’ उनले भने ।

कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने करिब २८ किलोमिटर सडक करिब एक दशकदेखि निर्माण अलपत्र छ । बाटो बनाउने ठेक्का नागार्जुन कन्स्ट्रक्सनले लिएको छ । तर सडक निर्माण सम्पन्न नहुँदा डोटीको बुडर हुँदै लामो र घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता छ ।

बोलन्या थली अभियानले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?