+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते ८:२४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
  • नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
  • प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ, जहाँ भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।

३ भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन भनेका थिए ।

उनको पत्रअनुसार आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ्नेछ ।

प्रदेश सभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेकपाका २२, नेपाली कांग्रेसका १८, नेपाल एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?