+
+
Shares

मुख्यमन्त्री नियुक्त भएपछि खगराजले भने– चमत्कार त सम्भव हुँदैन, जे गर्नेछु राम्रो गर्नेछु

उनले भने, ‘म खुसी नै छु । खुसी भन्दा बढी जिम्मेवारीवोध र अलि बढी चुनौतीको भारीले म थिचिएको अनुभव पनि सँगसँगै गरेको छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १२:००

२९ साउन, काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपाका खगराज भट्टले ‘चुनौतीको भारीले थिचिएको’ अनुभूति भएको बताएका छन् । उनले चमत्कार गर्न सम्भव नभए पनि ‘राम्रो’ गर्न कोसिस गर्ने बताए ।

नेकपा एमालेको समर्थनमा उनले आज मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि दूबोको माला लगाएर पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसर पाउँदा खुसी लागेको बताए । सँगै उनले भने, ‘म खुसी नै छु । खुसी भन्दा बढी जिम्मेवारीवोध र अलि बढी चुनौतीको भारीले म थिचिएको अनुभव पनि सँगसँगै गरेको छु ।’

उनले सुदूरपश्चिमेली जनतालाई केन्द्रमा राखेर काम गर्ने बताए ।

‘धेरै चमत्कार त सम्भव हुँदैन, जे गर्ने छु राम्रो गर्नेछु । र मान्छेलाई राम्रो गर्यो भन्ने अनुभूति दिलाउन प्रयास गर्ने छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?