+
+
Shares

गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता लामिछानेसहित शुक्रबार गड्डाचौकी नाका हुँदै भारत प्रवेश गरेका छन् ।
  • लामिछाने तीन दिने भारत भ्रमणका क्रममा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

६ कात्तिक, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारत प्रवेश गरेका छन् ।

पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए ।

धनगढी विमानस्थलबाट उनी कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका थिए । त्यहाँबाट उनी भारततर्फ लागेका हुन् ।

भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?