+
+
Shares

सुदूरपश्चिम सरकारको बजेट पारित नभएपनि राजस्व संकलन नरोकिने

प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी राजस्व सङ्कलन जारी रहने जनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १५:४३

१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित नभए पनि राजस्व सङ्कलन नरोकिने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी राजस्व सङ्कलन जारी रहने जनाएको हो ।

बजेटसँगै प्रस्तुत भएको आर्थिक विधेयक २०८३ पनि प्रदेशसभामा विचाराधीन रहेको र पारित गर्ने समय बिहीबार सकिएकाले यहाँ अन्योलता उत्पन्न भएको छ ।

मन्त्रालयले उक्त विधेयक प्रदेशसभाबाट पारित भई प्रमाणीकरण वा थप व्यवस्था नभएसम्मका लागि शुक्रबारदेखि राजस्व सङ्कलनसम्बन्धी कार्य प्रदेशको सामयिक राजस्व सङ्कलनसम्बन्धी ऐन, २०८१ को दफा ३ मा व्यवस्थाअनुसार प्रदेश आर्थिक ऐन, २०८२ अनुसार गर्न गराउन सबैलाई सूचित गरेको छ ।

प्रदेश सरकारले गत असार १ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भएपछि यहाँ सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र सत्तासाझेदार नेकपा एमालेबीच विवाद भएपछि बजेट पारित हुनसकेको छैन ।

मुख्यमन्त्री कमलबहादुर शाहले विवादका बीच एमालेबाट प्रतिनिधित्व गर्ने तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गर्नुभएको थियो ।

एमालेले समर्थन फिर्ता लिएपछि बहुमत जुटाउन मुख्यमन्त्री शाहले प्रयास गरिरहेका छन् । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?