News Summary
Generated by OK AI. Editorially reviewed.- बितेका २४ घण्टामा १८०६ सवारी चालकलाई नियम उल्लङ्घनको कारण कारबाही गरिएको छ।
- कारबाहीबाट १८ लाख ७६ हजार ५०४ रुपैयाँ राज्यकोषमा राजस्व दाखिला भएको छ।
- मादक पदार्थ सेवन गरेको ७७, राइड सेयरिङ गरेको १६२ र ट्राफिक सङ्केत उल्लङ्घन गरेको १०६ जनालाई कारबाही गरिएको हो।
२५ वैशाख, काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८८ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १११ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२ जनालाई कारबाही गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4