+
+
Shares

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व संकलन   

रासस रासस
२०८३ वैशाख २० गते १२:३१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारण कारबाहीमा परेका छन्।
  • कारबाहीबाट राज्यकोषमा पाँच लाख ६५ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।
  • मादक पदार्थ सेवन, राइड सेयरिङ, ट्राफिक सङ्केत उल्लङ्घन, तीव्र गति, लेन अनुशासन उल्लङ्घन लगायतका विभिन्न कारणले कारबाही गरिएको छ।

२० वैशाख, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा पाँच लाख ६५ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३८, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८६, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४२ र अन्य सवारी नियम पालना नगरेका एक हजार एक हजार १६० जनालाई कारबाही गरिएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?