+
+
Shares

सुदूरपश्चिम कांग्रेसमा सहमतिपछि मन्त्रीको टुंगो लगाउन दुवै पक्ष आन्तरिक छलफलमा

मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन अघि बढेको सांसद दिवान सिंह विष्ट पक्षले मन्त्री हेरफेरको निर्णयमा सहमति जनाएपछि विवाद टुंगिएको हो ।

जनक विष्ट जनक विष्ट
२०८३ जेठ २४ गते १०:४७
मुख्यमन्त्री कमलबहादुर शाह (वायाँ) र दिवान सिंह विष्ट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र दलको नेता परिवर्तनको विवाद मन्त्रालय भागबण्डामा सहमति भएसँगै टुङ्गिएको छ ।
  • सहमति अनुसार सरकारमा सहभागी कांग्रेसका दुई राज्यमन्त्रीसहित पाँच जना मन्त्री हेरफेर गर्ने तयारी गरिएको छ ।
  • नयाँ मन्त्रीहरूको नाम टुङ्गो लगाएर सोमबारसम्म मन्त्रिमण्डल पुनर्गठन गर्ने मुख्यमन्त्री कमलबहादुर शाहको तयारी छ ।

२४ जेठ, धनगढी । सुदूरपश्चिममा नेपाली कांग्रेसभित्र दलको नेता परिवर्तनको विषयलाई लिएर उत्पन्न विवाद मन्त्री भागबण्डमा टुंगिएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन अघि बढेको सांसद दिवान सिंह विष्ट पक्षले मन्त्री हेरफेरको निर्णयमा सहमति जनाएपछि विवाद टुंगिएको हो ।

कांग्रेस केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य रमेश केसीसहितको उपस्थितिमा शनिबार दुई पक्षबीच भएको छलफलपछि मन्त्री हेरेफेर गर्ने समझदारी बनेको थियो ।

त्यसका लागि अहिले प्रतिनिधित्व गरिरहेका तीन मध्ये दुई मन्त्रालय विष्ट पक्ष र एउटा मन्त्रालय शाह पक्षले लिने गरी भागबण्डा भएको छ । यो भागबण्डापछि सरकारमा रहेका कांग्रेसका दुई राज्यमन्त्रीसहित पाँच जना मन्त्री हेरफेर गर्ने तयारी छ ।

भागबण्डाअनुसार आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्रीले राख्ने, सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अर्को पक्षले लिनेछ । अर्थ राज्यमन्त्री विष्ट र सामाजिक विकास राज्यमन्त्री शाह पक्षले लिनेछ ।

आर्थिक मामिला मन्त्रालय आफैंसँग राखेका मुख्यमन्त्री शाहले मन्त्री भने फेर्ने तयारी गरेका छन् । मन्त्री हेरफेरको समझदारीपछि दुवै पक्ष नाम टुंग्याउन आन्तरिक छलफलमा जुटेका छन् ।

मन्त्रीका लागि क–कसको दाबी ?

दुई पक्षबीच भएको सहमतीअनुसार सरकार पुनर्गठन गरिने भएको छ । मन्त्रालयको भागबण्डा टुंगो लगाए पनि मन्त्री बन्ने सांसदको नाम टुंगो लागिसकेको छैन । आन्तरिक छलफलमा जुटेका दुई पक्षले कसलाई मन्त्री बनाउला भन्ने चासो बढेको छ ।

मुख्यमन्त्रीलाई दल नेताबाट हटाउने अभियानको नेतृत्व गरेका दिवानसिंह विष्टले आफू मन्त्री नबन्ने बताएका छन् । विष्ट बाहेकका ७ जना मध्येबाट तीन जनालाई मन्त्री बनाउने तयारी छ ।

एक सांसदकाअनुसार प्रमुख सचेतक विक्रमसिंह धामी र डम्मरी महराले सरकारमा दाबी गरेका छन् । उनीहरु दुवै जनालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी भएपनि दुवैले राज्यमन्त्री नभई मन्त्री नै मागेपछि निर्णयमा ढिलाइ भइरहेको छ ।

तर मन्त्रीबारे निर्णय गर्ने अधिकार भने मुख्यमन्त्रीलाई दिइएको छ ।  ‘हाम्रो समूहमा विक्रम धामी, डम्मरी महरा र मधुु भारती मन्त्री बन्ने सूचीमा छन् । उहाँहरु मध्ये एक जना मन्त्री र एक राज्यमन्त्री बन्नुहुन्छ,’ शाह निकट सांसदले भने, ‘नाम टुंगो लगाउने अधिकार मुख्यमन्त्री ज्यूलाई नै दिएका छौं ।’

धामी प्रमुख सचेतकसमेत भइसकेकाले युवा तथा महिलाको प्रतिनिधित्व हुने गरी महरालाई अर्थ मन्त्रालय दिनुपर्ने मुख्यमन्त्रीमाथि दबाब रहेको दाबी गरिएको छ । ८ जेठमा मुख्यमन्त्रीविरुद्ध दल नेता हटाउन गरेको हस्ताक्षर फिर्ता लिएर पद जोगाइदिएको कारण पनि महरालाई मुख्यमन्त्रीले पुनर्गठनमा समेट्नेछन् ।

मुख्यमन्त्रीलाई दल नेताबाट हटाउने अभियानको नेतृत्व गरेका दिवानसिंह विष्टले आफू मन्त्री नबन्ने बताएका छन् । विष्ट बाहेकका ७ जना मध्येबाट तीन जनालाई मन्त्री बनाउने तयारी छ । मन्त्रीमा सबैको अपेक्षा भएकाले निर्णय लिन भने सहज देखिँदैन ।

‘हामीले सबैसँग छलफल गरेर सर्वसम्मत रूपमा मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाउँछौँ,’ विष्टले भने । उनकाअनुसार ८ जनाबीचको छलफलमा पहाड र तराई मिलाएर समावेशी ढंगले मन्त्री छनोट गर्ने समझदारी भएको छ ।

पहाडबाट पदम शाही, मानबहादुर रावल र जुना दानी मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने समूहमा छन् । तराईबाट दिवानसिंह विष्ट, बेलबहादुर राना, गीता चौधरी, ललिता सुनार र तुलसी देवकोटा छन् ।

पहाडको प्रनिनिधित्व गर्दै शाही र रावल मन्त्री बन्ने सम्भावना छ भने कञ्चनपुरबाट राना र चौधरीमध्ये एक जनालाई पनि मन्त्री बनाउने तयारी छ ।

कैलालीको प्रतिनिधित्व पनि सरकारमा गराउने उनीहरुको आन्तरिक छलफल छ । जसअनुसार सुनार र देवकोटामध्ये एक जना राज्यमन्त्री बनाउने सम्भावना रहेको स्रोत बताउँछ । आइतबार मन्त्रीको छनोट गरेर सोमबारसम्म सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्रीको तयारी छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?