News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप एक साता बढाएर जेठ २८ गतेसम्म पुर्याएको छ ।
- वैशाख १ गतेदेखि शुरू भएको यस अभियानमा हालसम्म करिब चार लाख सदस्यले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।
- पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष भने यो अद्यावधिक प्रक्रियाको विरोधमा रहेका छन् ।
२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको अवधि थप एक साता बढाएको छ ।
जेठ २१ गतेसम्मका लागि यसअघि तय गरिएको समयमा थप एक साता थपिएको हो । महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा रहेको समितिले जेठ २८ गतेसम्मका लागि अवधि थप गरेको हो ।
‘पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२:०० बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ,’ सदस्यता व्यवस्थापन समितिले सूचना जारी गरेर भनेको छ ।
वैशाख १ गतेदेखि सुरु गरिएको अभियानमा बिहीबारसम्म करिब चार लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेको समितिले जानकारी गराएको छ ।
पूर्व सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्ष भने क्रियाशील सदस्यता अद्यावधिकको विरोधमा छ ।
प्रतिक्रिया 4