१४ वैशाख, धनगढी । कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–५ गर्जमनीस्थित भित्रि सडक खण्डमा अटोबाट खसेर सोही ठाउँ बस्ने ८५ वर्षीय रामदत्त पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पन्त सुपप्र ०१–००२ स ०१६८० बाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएको थियो तर उनको आइतबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि अटो र चालक शुक्लाफाँटा नगरपालिका–५ खजुवाका २८ वर्षीय नरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4