+
+
Shares

छिमेकी घरमा बेहोस भेटिएका पुरुषको मृत्यु, घरधनी प्रहरी नियन्त्रणमा

धनगढीमा छिमेकीको घरको सिढीमा बेहोस भेटिएका एक जना पुरुषको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १४:०३

४ वैशाख, धनगढी । धनगढीमा छिमेकीको घरको सिढीमा बेहोस भेटिएका एक जना पुरुषको मृत्यु भएको छ । शुक्रबार राति साढे ११ बजेतिर धनगढी उपमहानगरपालिका–१ बुद्धमन्दिर बस्ने ५६ वर्षीय पतिराम चौधरी ३५ वर्षीय महेश श्रेष्ठको घरको सिढीमा बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले चौधरीका आफन्तले उनलाई तत्काल उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएको बताएका छन् । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनापछि सोधपुछका लागि घरधनी महेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव हाल सेती प्रादेशिक अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?