+
+
Shares

बझाङ जिप दुर्घटनाका ६ घाइते नेपालगन्ज रेफर

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते ९:५६

२८ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

घाइतेको उद्धारका लागि शनिबार नै सदरमुकाम चैनपुर आएको नेपाली सेनाको हेलिकप्टरले ६ जना गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगिरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पालैपालो दुईरदुई जना गरेर हेलिकप्टरले नेपालगञ्ज लगिरहेको छ । नेपालगञ्ज लगिनेमा दुर्गाथली गाउँपालिका–६ बस्ने रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता, रामबहादुर महता र केदास्युुँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन् ।

उनीहरुलाई उद्धार गरेर राति जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको हो ।

शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च २६६४ नम्बरको जिप केदास्युँ–७ मा दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर शनिबार नै बझाङ आएको थियो तर खराब मौसमका कारण अवतरणमा समस्या भएपछि सदमुकाम ल्यान्ड गरेको थियो । घाइतेहरुलाई अबेर राति मात्र उद्धार गरी एम्बुुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?