+
+
Shares

बझाङ जीप दुर्घटना : खराब मौसमले अवतरण गर्न सकेन हेलिकप्टर, सदरमुकाम फर्कियो

पहिलोपटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रोपटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
  • खराब मौसमका कारण घाइतेको उद्धारका लागि गएको हेलिकप्टर दुई पटकसम्म अवतरण गर्न नसकेर फर्किएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताए ।
  • घटनास्थलमा एम्बुलेन्स पुगिसकेको र घाइतेहरूको उपचारका लागि चिकित्सकको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

२७ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइते उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो ।

पहिलोपटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रोपटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन ।

अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टिम पुग्दैछ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते छन्  ।

ज्यान गुमाउनेहरूमा केदारस्यूँ– ७ की बिमला धामी, दुर्गाथली– ६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन् ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते हुनेको संख्या १३ पुगेको छ । अनय ६ जनाको अवस्था मध्यम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?