+
फिफा विश्वकप २०२६ :

विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा सबै पूर्व विजेता

२०८३ असार  २८ गते ९:४६ २०८३ असार २८ गते ९:४६

सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ र अन्तिम चारमा पुग्ने सबै टोली पूर्वविजेता हुन्।
  • फ्रान्स र स्पेनबीचको पहिलो सेमिफाइनल खेल असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुने तय भएको छ।
  • दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले साविक विेजता अर्जेन्टिनासँग असार ३२ गते एटलान्ट स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।

२८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ ।

आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो ।

आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका हुन् । यही दुई टोली सेमिफाइनलमा भिड्नेछन् ।

इंग्ल्यान्डले एक गोलले पछि परेपनि त्यसलाई उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको हो ।

यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

त्यसअघि नै दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २-१ ले हराउदै सन् २०१० पछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।

सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।

चारै सेमिफाइनलिस्ट फिफा वरियताको पनि शीर्ष चार स्थानमा छन् । साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा छ भने स्पेन दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

नर्वे र स्विटरल्यान्ड सेमिफाइनलमा पराजित भएपछि विश्वकपमा नयाँ टिम विजेता नबन्ने पक्का भएको हो ।

अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।

यस्तै इंग्ल्यान्ड र बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा हुनेछ । यो खेल पनिन पाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।

सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन् ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय