+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा अर्जेन्टिना एक गोलले अघि

२०८३ असार  २८ गते ७:३५ २०८३ असार २८ गते ७:३५

अमेरिकाको कान्सास सिटी स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले एक गोलको अग्रता बनाएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध एक गोलको अग्रता बनाएको छ।
  • एलेक्सिस म्याक एलिस्टरले दशौं मिनेटमा लियोनल मेसीको कर्नर प्रहारलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका हुन्।
  • कान्सास सिटी स्टेडियममा जारी खेलको विजेताले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

२८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध एक गोलले अघि छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले एक गोलको अग्रता बनाएको हो ।

एलेक्सिस म्याक एलिस्टरले १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

बल पोजिसनमा अर्जेन्टिनाभन्दा अघि देखिएपनि स्विट्जरल्यान्डले फिनिसिङ भने गर्न सकेको छैन ।

यो खेलको विजेताले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय