+
फिफा विश्वकप २०२६ :

इंग्ल्यान्डका प्रशिक्षक भन्छन: हामी भाग्यमानी भयौं, तर टोलीको प्रदर्शनबाट खुसी छैन

२०८३ असार  २८ गते ६:१२ २०८३ असार २८ गते ६:१२

नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेपछि प्रशिक्षक टुचेलले टोलीको प्रदर्शनबाट खुसी नभएको बताएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • प्रशिक्षक थोमस टुचेलले टोलीको आजको प्रदर्शनबाट आफू खुसी नरहेको र भाग्यले साथ दिएको बताएका छन् ।
  • टुचेलले भने, ‘हामी अन्तिम चारमा पुगेका छौँ, तर अबका खेलमा हामीले सुधार गर्नैपर्छ ।’

२८ असार, काठमाडौं । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेपछि प्रशिक्षक थोमस टुचेलले आज आफुहरु भाग्यमानी भएको बताएका छन् ।

नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेपछि प्रशिक्षक टुचेलले टोलीको प्रदर्शनबाट खुसी नभएको बताएका हुन् ।

‘हामीले आज आफैँका लागि परिस्थिति निकै कठिन बनायौँ । नतिजा त सानदार छ । हामी अन्तिम चारमा पुगेका छौँ । तर म टोलीको प्रदर्शनबाट खुसी छैन,’ उनले भने ।

अबका खेलमा सुधार गरेर जाने प्रशिक्षक टुचेलले उल्लेख गरे । उनले भने, ‘आज भाग्यले हाम्रो साथ दियो। हामीले अझ राम्रो खेल्नुपर्छ। हामी सुधार गर्नेछौँ, हामीले सुधार गर्नैपर्छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय