+
फिफा विश्वकप २०२६ :

बेलिंघमको गोलमा इंग्ल्यान्डलाई अग्रता

२०८३ असार  २८ गते ५:०४ २०८३ असार २८ गते ५:०४

मियामी स्टेडियममा जारी खेलको ९३औं मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेविरुद्ध २–१ को अग्रता लिएको छ।
  • खेलको ९३औं मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन्।
  • यसअघि ३६औं मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गोल गरेका थिए भने पहिलो हाफको इन्जुरी समयमा बेलिंघमले बराबरी गोल फर्काएका थिए।

२८ असार, काठमाडौं । पिफा विश्वकप २०२६ काे तेस्राे क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेविरुद्ध अग्रता लिएको छ ।

मियामी स्टेडियममा जारी खेलको ९३औं मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।

अतिरिक्त समयको तेस्रो मिनेटमा मोर्गन रोजर्सले गरेको बललाई नर्वेका गोलकिपरले पूर्ण रुपमा नियन्त्रणमा लिन नसक्दा त्यसको फाइदा बेलिंघमले उठाए ।

त्यसअघि उनै बेलिंघमले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा फर्काएका थिए । खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय