+

बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

२०८३ असार  २८ गते १:५१ २०८३ असार २८ गते १:५१

पुरुषतर्फ ललितपुरका अशोक श्रेष्ठ र महिलातर्फ बेथानचोककी रिक्जना भोटे प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ बेथानचोक गाउँपालिका च्याम्पियन बनेका छन् ।
  • पुरुषतर्फ ललितपुरका अशोक श्रेष्ठ र महिलातर्फ बेथानचोककी रिक्जना भोटे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
  • विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

२७ असार, काठमाडौं । बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ बेथानचोक गाउँपालिकाले उपाधि जितेका छन् ।

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा शनिबार जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरुषतर्फको फाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई ३–० को सेटमा पराजित गर्दै च्याम्पियन बन्यो ।

ललितपुरले महांकाललाई २५–२०, २५–१५, २५–२० ले हरायो । पुरुषतर्फ माडी नगरपालिका तेस्रो भयो ।

महिलातर्फ बेथानचोक गाउँपालिकाले काठमाडौं महानगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्यो । बेथानचोकले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट २१–२५ ले गुमाएको थियो । त्यसपछि तेस्रो सेट २५–२३ र चौथो सेट २५–८ ले जित्दै बेथानचोक च्याम्पियन बन्यो । महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो भयो ।

प्रतियोगिताको विजेता दुवै टोलीले समान दुई लाख रुपैयाँ तथा उपविजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

पुरुषतर्फ ललितपुरका अशोक श्रेष्ठ र महिलातर्फ बेथानचोककी रिक्जना भोटे प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवैले १०-१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यस्तै महिलातर्फ उत्कृष्ट स्पाइकर काठमाडौंकी सुनिता बस्नेत, उत्कृष्ट सेटर बेथानचोककी पूर्णकला केसी, उत्कृष्ट ब्लकर काठमाडौंकी सारिका कार्की तथा उत्कृष्ट लिबेरो ललितपुरकी स्मृति राई घोषित भए। उनीहरूले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पुरुषतर्फ उत्कृष्ट स्पाइकर महांकालका बलदेवसिंह धामी, उत्कृष्ट सेटर ललितपुरका सुवास कुँवर, उत्कृष्ट ब्लकर ललितपुरका चिरन खड्का, उत्कृष्ट सर्भर महांकालका अनिल सिंह तथा उत्कृष्ट लिबेरो ललितपुरका राजन दर्लामी मगर घोषित भए । उनीहरूले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायत विशिष्ट अतिथिहरूले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले असार २३ गतेदेखि आयोजना गरिएको प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको थियो ।

बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय