+

केभिन पिटरसन आईसीसीको ‘हल अफ फेम’मा समावेश

२०८३ असार  २७ गते २२:५५ २०८३ असार २७ गते २२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका पूर्व ब्याटर केभिन पिटरसन विश्व क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘हल अफ फेम’मा समावेश भएका छन् ।
  • पिटरसनले टी–२० विश्वकप २०१० मा उत्कृष्ट खेलाडीको उपाधि जित्दै इंग्ल्यान्डको ऐतिहासिक सफलतामा महत्वपूर्ण भूमिका खेलेका थिए ।
  • पिटरसनका साथै भारतका सौरभ गाङ्गुली र अन्जुम चोपरा पनि ‘हल अफ फेम’मा समावेश भएको आईसीसीले जनाएको छ ।

२७ असार, काठमाडौं । इंग्ल्यान्डका पूर्व स्टार ब्याटर केभिन पिटरसन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘हल अफ फेम’मा समावेश भएका छन् ।

विश्व क्रिकेटमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै आईसीसीले पिटरसनलाई महान् खेलाडीहरूको सूचीमा समावेश गरेको हो ।

आक्रामक र आकर्षक ब्याटिङका लागि परिचित पिटरसनले इंग्ल्यान्डका थुप्रै ऐतिहासिक सफलतामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सन् २००५ को एसेज सिरिजमा इंग्ल्यान्डलाई उपाधि जिताउन उनको भूमिका विशेष थियो । सिरिजको अन्तिम खेलमा द ओभलमा पिटरसनले १५८ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए । उक्त खेल ड्र गर्दै इंग्ल्यान्डले एसेज सिरिज जितेको थियो ।

सन् २०१० मा इंग्ल्यान्डले आईसीसी पुरुष टी–२० विश्वकपको उपाधि जित्दा पिटरसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

यस्तै, सन् २०१३ मा उनी क्रिकेटका तीनवटै स्वरूपमा गरी इंग्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी बनेका थिए ।

‘आईसीसी हल अफ फेममा समावेश हुनु ठूलो सम्मान हो। क्रिकेटका धेरै महान् खेलाडीहरूसँग आफ्नो नाम देख्नु विशेष अनुभव हो’ पिटरसनले भने ।

उनले यो कुनै पनि क्रिकेट खेलाडीले पाउन सक्ने सबैभन्दा ठूलो सम्मान भएको बताउँदै यसको महत्व पूर्ण रूपमा महसुस गर्न केही समय लाग्ने प्रतिक्रिया दिएका छन् ।

पिटरसनसँगै भारतका सौरभ गाङ्गुली र महिला क्रिकेटर अन्जुम चोपरा पनि हल अफ फेममा समावेश भएका छन् ।

केभिन पिटरसन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय