+

दक्षिण अफ्रिकी फुटबलर जेडन एडम्सको निधन

२०८३ असार  २७ गते १९:४६ २०८३ असार २७ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ मा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका २५ वर्षीय मिडफिल्डर जेडन एडम्सको असामयिक निधन भएको छ।
  • दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले एडम्सको निधनको पुष्टि गर्दै उनीप्रति गहिरो दुःख व्यक्त गरेको छ।
  • राष्ट्रिय टोली र मामेलोडी सन्डाउन्सका महत्वपूर्ण सदस्य एडम्सले देशका लागि नौ खेलमा दुई गोल गरेका थिए।

२७ असार, काठमाडौं । दक्षिण अफ्रिकी फुटबलर जेडन एडम्सको निधन भएको छ । केही साताअघि मात्रै फिफा विश्वकप २०२६ मा देशको प्रतिनिधित्व गरेका युवा मिडफिल्डर एडम्सको २५ वर्षको उमेरमा निधन भएको हो ।

दक्षिण अफ्रिका र मामेलोडी सन्डाउन्सका प्रतिभाशाली खेलाडी एडम्सको निधनले दक्षिण अफ्रिकी फुटबल शोकमा डुबेको छ । उनको मृत्युको कारणबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन ।

एडम्स जारी विश्वकपमा दक्षिण अफ्रिकाको ऐतिहासिक यात्राका सदस्य थिए । उनले समूह चरणका तीन खेलमा मैदान उत्रँदै विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा देशको प्रतिनिधित्व गरेका थिए ।

दक्षिण अफ्रिका २८ वर्षपछि विश्वकपमा फर्किएको थियो । टोली समूह चरण पार गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको थियो ।

अन्तिम ३२ मा सहआयोजक क्यानडासँग पराजित भएपछि दक्षिण अफ्रिकाको यात्रा समाप्त भएको थियो।

विश्वकपमा देशको जर्सी लगाएको केही सातामै एडम्सको निधनको खबरले उनका सहकर्मी, समर्थक र समग्र फुटबल जगतलाई स्तब्ध बनाएको छ ।

दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले एडम्सको निधन पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेको छ।

‘मामेलोडी सन्डाउन्स र बाफाना बाफानाका मध्यपङ्क्ति खेलाडी जेडेन एडम्सको असामयिक निधनबाट हामी स्तब्ध छौं’ संघले भनेको छ ।

केप टाउनमा जन्मिएका एडम्सले स्टेलेनबोस एफसीबाट आफ्नो पहिचान बनाएका थिए। त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि उनी मामेलोडी सन्डाउन्स पुगे र विस्तारै दक्षिण अफ्रिकी राष्ट्रिय टोलीमा आफ्नो स्थान बलियो बनाए ।

गत सिजनको अन्त्यतिर सन्डाउन्सका लागि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। क्लबले मोरक्कोको एएस फारलाई हराउँदै अफ्रिकी च्याम्पियन्स लिगको उपाधि जित्दा एडम्स टोलीका महत्वपूर्ण सदस्य थिए ।

एडम्सका लागि पछिल्ला केही साता व्यक्तिगत रूपमा पनि निकै कठिन थिए । विश्वकपकै दौरान उनकी हजुरआमा मारियाना एडम्सको निधन भएको थियो। पारिवारिक शोकबीच पनि उनले राष्ट्रिय टोलीका लागि खेल्दै आफ्नो जिम्मेवारी पूरा गरेका थिए ।

त्यसको केही सातामै दक्षिण अफ्रिकी फुटबलले एडम्सलाई नै गुमाएको छ ।

एडम्सले दक्षिण अफ्रिकाका लागि कुल ९ अन्तर्राष्ट्रिय खेल खेल्दै दुई गोल गरेका थिए ।

जेडन एडम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय