News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका कप्तान ह्यारी केनले नर्वेका स्ट्राइकर एर्लिङ हालान्डलाई अविश्वसनीय खेलाडी र एक मेसिन भएको बताएका छन् ।
- केनले भने, 'एर्लिङ अविश्वसनीय छन्, उनको फिनिसिङ उच्चतम स्तरको छ र उनको गोल गर्ने रेकर्डले आफैं बोल्छ ।'
- विश्वकपको सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र नर्वेबिचको खेल आइतबार बिहान पौने ३ बजे हुने तय भएको छ ।
२७ असार, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले नर्वेका स्ट्राइकर एर्लिङ हालान्ड एक मेसिन भएको बताएका छन् ।
म्याच–अघिको पत्रकार सम्मेलनमा केनले हालान्ड अविश्वसनीय रहेको बताएका हुन् । जारी विश्वकपकाे सेमिफाइनल प्रवेशका लागि यी दुई टोली इंग्ल्यान्ड र नर्वेबिचको खेल आइतबार बिहान पौने ३ बजे हुनेछ ।
‘एर्लिङ अविश्वसनीय छन् । उनको गोल गर्ने रेकर्ड र शारीरिक बनावट हेर्दा उनी एक मेसिन हुन् । उनको फिनिसिङ उच्चतम स्तरको छ र उनको गोल गर्ने रेकर्डले आफैं बोल्छ,’ केनले भने ।
एर्लिङ र आफु पूर्ण रूपमा फरक खेलाडी भएको केनले उल्लेख गरे । ‘मलाई लाग्छ हामी पूर्ण रूपमा फरक खेलाडी हौं । मलाई थाहा छ हामी दुवै स्ट्राइकर हौं, तर हामी लगभग दुई फरक स्थानमा खेल्छौं ।’
जारी विश्वकपमा केनले ६ र हालान्डले ७ गोल गरिसकेका छन् । केनले हालान्डको समग्र प्रदर्शन धेरै राम्रो रहेको बताए ।
‘मलाई लाग्दैन कि हामी बीच तुलना गर्नुपर्छ । म एक खेलाडी र एक व्यावसायिक व्यक्तिको रूपमा उनको धेरै सम्मान गर्छु । म आशा गर्छु कि भोलि उनको दिन शान्त रहनेछ । तर उनको समग्र प्रदर्शन धेरै राम्रो छ । उनी एक सानदार खेलाडी हुन् ।’
केनले थपे, ‘हामी दुवै नम्बर नौ खेलाडी हौं, तर हाम्रो खेल्ने तरिका फरक छ। म पूर्ण स्ट्राइकरको रूपमा खेल्न सक्ने क्षमता राख्दै बललाई अलि बढी नियन्त्रणमा लिन मन पराउँछु।
प्रतिक्रिया 4