+

कार्य सम्पादन कमजोर भएको भन्दै महिला टोलीका प्रशिक्षक पाठक पदमुक्त

२०८३ असार  २७ गते १३:२४ २०८३ असार २७ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
  • कार्य सम्पादन कमजोर भएको भन्दै केही दिनअघि बसेको क्यानको बोर्ड बैठकले पाठकलाई पदमुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
  • गत पुसमा नियुक्त भएका पाठकले ६ महिनाको कार्यकालमा महिला टोलीका लागि सन्तोषजनक नतिजा दिलाउन नसकेपछि क्यानले उनलाई जिम्मेवारीबाट हटाएको हो ।

२७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकलाई पदमुक्त गरेको छ । क्यानको केही दिनअघि बसेको बोर्ड बैठकले कार्य सम्पादन कमजोर भएको भन्दै महिला टोलीका प्रशिक्षक पाठकलाई पदमुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

उनको प्रशिक्षणमा नेपाललले आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट, एसियन गेम्समा छनोट, एसीसी महिला प्रिमियर कपसहितका प्रतियोगिता खेलेको थियो । तर, कुनै पनि प्रतियोगितामा सफल हुन सकेन ।

उनी गत पुसमा मात्रै महिला टोलीको प्रशिक्षक नियुक्त भएका थिए । तर, नतिजा नआएपछि क्यानले ६ महिनामै पाठकलाई पदमुक्त गरेको हो ।

नेपाल क्रिकेट संघ महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय