+

यू–१९ महिला प्रिमियर कप : कतारलाई १०५ रनले हराउँदै नेपालको शानदार सुरुवात

२०८३ असार  २७ गते १०:१६ २०८३ असार २७ गते १०:१६
Photo Credit : ACC/ CAN

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ।
  • पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाउँदा साबित्री धामीले सर्वाधिक ५२ रन जोडिन्।
  • नेपाली बलरहरूको कसिलो बलिङसामु कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो भने रचना चौधरी र रिया शर्माले समान ३–३ विकेट लिए।

२७ असार, काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालका लागि साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् । सना प्रविणले २७ रन जोडिन् भने अञ्जिला पाठक २३ रनमा अविजित रहिन् । कप्तान सोनी पाख्रिन भने खाता नै खोल्न नसकी आउट भइन् ।

१३१ रनको लक्ष्य पछ्याएको कतार नेपाली बलरहरूको कसिलो आक्रमणअघि निरीह बन्यो । कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन ४ मात्र रह्यो ।

नेपालका लागि रचना चौधरीले ३ ओभरमा २ रन मात्र दिएर ३ विकेट लिइन् । रिया शर्माले ३ ओभरमा ६ रन दिएर ३ वपकेट लिइन् । मनिषा उपाध्यायले २ तथा अनु कडायतले १ विकेट लिए ।

नेपालले अब दोस्रो खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।

एसीसी यू-१९ महिला प्रिमियर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय