News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनका स्ट्राइकर लामिन यमालले युरो कपको सेमिफाइनलमा फ्रान्स स्पेनसँग डराउनुपर्ने बताएका छन्।
- यमालले भने, ‘यदि फ्रान्स कसैसँग डराउनुपर्छ भने त्यो हामीसँग हो।’
- उनले आफूहरू कुनै डरबिना खेल खेल्ने र फाइनलसम्म पुग्ने लक्ष्य रहेको उल्लेख गरे।
२७ असार, काठमाडौं । स्पेनका स्ट्राइकर लामिन यमाललले फ्रान्स स्पेनसँग डराउनुपर्ने बताएका छन् । यी दुई टोलीबिच आउदो बुधबार सेमिफाइनल खेल हुँदैछ ।
बेल्जियमलाई हराएर सेमिफाइनल पुगेपछि स्पेनका स्ट्राइकर यमालले फ्रान्ससँगको खेलका लागि कुनै डर नभएको बताएका हुन् । ‘यदि फ्रान्स कसैसँग डराउनुपर्छ भने त्यो हामीसँग हो,’ उनले भने, ‘हामीले राम्रो नखेलेजस्तो देखिन सक्छ । तर, हामीविरुद्ध खेल्ने हरेक टोली रक्षात्मक भएर बस्छन् ।’
फ्रान्स र स्पेन विश्वकपका दुई उत्कृष्ट टोलीहरू भएको यमालले सुनाए । उनले भने, ‘हामीले उनीहरूलाई पहिले पनि प्रतियोगिताबाट बाहिर पठाएका छौँ । दुई पटक हराइसकेका छौँ । इमानदार भई भन्नुपर्दा मलाई लाग्छ हामी विश्वकपका दुई उत्कृष्ट टोलीहरू हौँ । त्यसैले हेरौँ के हुन्छ । तर हामीमा कुनै डर छैन ।’
उनले थपे, ‘सेमिफाइनलमा पुग्न पाउँदा हामी निकै खुसी छौँ । हामी यहाँ लामो समयदेखि छौँ र फाइनलसम्मै रहन चाहन्छौँ ।’
युरो कप २०२४ र नेसन्स लिग २०२५ को सेमिफाइनलमा फ्रान्सलाई पन्छाउँदै स्पेन फाइनलमा प्रवेश गरेको थियो ।
प्रतिक्रिया 4