News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलअघि वार्म–अपका क्रममा घाइते भएपछि बेल्जियमका मिडफिल्डर युरी टिलेमान्स टोलीबाट बाहिरिएका छन् ।
- टिलेमान्सको स्थानमा प्रशिक्षक रुडी गार्सियाले अन्तिम समयमा हान्स भानाकेनलाई टोलीमा समावेश गरी आफ्नो रणनीतिक योजना परिवर्तन गरेका छन् ।
- बेल्जियमले टिलेमान्सको चोटको प्रकृति सार्वजनिक गरेको छैन र खेलपछि थप परीक्षण गरेपछि मात्र उनको आगामी खेलबारे निर्णय गरिने भएको छ ।
२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्पेनविरुद्ध मैदान उत्रिनुअघि वार्म–अपका क्रममा युरी टिलेमान्स घाइते भएपछि बेल्जियम अन्तिम समयमा टोली परिवर्तन गर्न बाध्य भएको छ ।
मिडफिल्डर युरी सुरुवाती–११ बाट बाहिरिएपछि उनको स्थानमा हान्स भानाकेनलाई टोलीमा ल्याइएको छ ।
खेल सुरु हुनु अघि उनी बाहिरिनु परेपछि प्रशिक्षक रुडी गार्सियाले अन्तिम क्षणमा आफ्नो रणनीति परिवर्तन गर्नुपरेको छ । भानाकेनको आगमनले बेल्जियमको मिडफिल्डलाई एक फरक विकल्प दिएको छ ।
बेल्जियमले टिलेमान्सको चोट कस्तो प्रकृतिको हो भन्ने कुरा खुलाएको छैन । उनी खेलको क्रममा वैकल्पिक खेलाडीका रूपमा उपलब्ध हुनेछन् वा छैनन् भन्ने कुरा नै पुष्टि गरेको छ ।
खेलपछि उनको चोटको थप परीक्षण गरिने बताइएको छ । यदि बेल्जियम अर्को चरणमा प्रवेश गरेमा उनी खेल्न सक्नेछन् या छैनन् भन्ने कुरा अझै अनिश्चित छ ।
प्रतिक्रिया 4